काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु. १ हजार १०० ले घटेको छ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा रु. २ लाख ३७ हजार २०० निर्धारण गरिएको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा रु. २ लाख ३८ हजार ३०० थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। हिजो तोलामा रु. ३ हजार १५ मा कारोबार भएको चाँदी आज तोलामा रु. २ हजार ९९० मा झरेको छ, जसअनुसार चाँदीमा रु. २५ ले कमी आएको हो।




