Categories समाचार

गृहमन्त्री अर्यालप्रति जेनजी अगुवा गुरुङको आक्रोश : प्रिय पात्र भएर कुर्सी जोगिन्छ भन्ने भ्रममा नपर्नुहोस्

Advertisement

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति तीव्र आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भएको टिप्पणी गरेका छन्।

गुरुङले जेनजी आन्दोलनका क्रममा दमनमा संलग्नहरूलाई कारबाही नगरेको भन्दै असन्तोष प्रकट गरेका हुन्। उनले भनेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन। देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ भन्ने तपाईं गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। शहीदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।”

Advertisement

गुरुङले गृहमन्त्री अर्यालप्रति अब कुनै आशा नरहेको स्पष्ट पारेका छन्।

Advertisement

उनले जेनजी आन्दोलन आगामी २०८४ सालको निर्वाचन २०८२ मा सार्नका लागि नभएको प्रष्ट पारेका छन्। “चुनाव गराएर मात्र दायित्व पूरा हुँदैन,” गुरुङले चेतावनी स्वरमा भने, “यो आन्दोलन ८४ को चुनाव ८२ मा सार्नका लागि होइन। नेपाली जनता र जेनजीका मागहरू सम्बोधन नभए यसपालि चुनाव हुन दिइने छैन।”

प्रधानमन्त्री सुशीला कार्कीको ‘प्रिय पात्र’ बनेर गृहमन्त्रीको कुर्सीमा बसिरहन नपाइने चेतावनी पनि उनले दिएका छन्।
गुरुङले भने, “अझै पनि गृहमन्त्रीको पदमा टाँसिएर जुका जस्तो बस्नुभयो भने दुई दिनपछि हुने प्रेस कन्फ्रेन्सले तपाईंको राजनीतिक भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सी जोगिन्छ भनेर सोच्नु तपाईंको भ्रम हो।”

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *