Categories एजेन्सी

दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगको उच्च जोखिम

नयाँदिल्ली । दिल्लीमा वायु प्रदुषका कारण श्वासप्रश्वास जन्य रोगहरू जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित विरामीहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकहरूले बिहीबार बताएका छन् ।

मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पतालहरू विगत केही दिन देखि त्यस्ता बिरामीहरूले भरिएका छन् । दिल्लीको दक्षिणी भागमा धुवाँको तह बढ्दै गए पछि बिहीबार, दिल्लीका धेरै क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क ‘खराब’ श्रेणीमा रहेएको जनाइएको छ ।  

Advertisement

वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा ‘सडकमा पानी छर्कने  दिल्लीको शान्ति पथ क्षेत्रमा स्ट्रिटलाइटका खम्बाहरूमा वाटर मिस्ट स्प्रेयरहरू जडान गर्ने’ जस्ता विभिन्न उपायहरू गरिरहेको जनाइएको छ । 

Advertisement

प्रेस ट्रस्ट अफ इन्डियाको एक अनलाइनका अनुसार ‘दिल्लीमा प्रदुषित र विषाक्त धुवाँको तह बढ्दै गएका कारण डाक्टरहरूले आँखाको समस्यामा ६० प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका छन् । डाक्टरहरूले प्रदुषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन् ।’

दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिन कुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषण सम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या २२–२५ प्रतिशत रहेको बताउनु भएको छ ।  

वायु प्रदूषणका कारण दिल्लीका बासिन्दाहरु प्रभावित भएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् । उनीहरुले दिल्लीका बासिन्दाहरूलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नभइ अत्यावश्क कार्यहरु घर भित्रै बसेर गर्न सल्लाह दिएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *