Categories समाचार

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

Advertisement

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नागरिकन्युजलाई जानकारी दिए।

आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकिएको भट्टराईले बताए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

Advertisement

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *