Categories समाचार

अन्तरिक कलहमा फसेको उद्योग वाणिज्य संघ वीरगञ्ज, अध्यक्ष गौतममाथि एकलौटीपन र गुटबन्दीको आरोप

Advertisement

वीरगञ्ज । लामो समयदेखि निजी क्षेत्रको हितका लागि आवाज उठाउँदै आएको उद्योग वाणिज्य संघ वीरगञ्ज पछिल्ला दिनमा विवाद र असन्तुष्टिका कारण चर्चामा आएको छ।

संघका अध्यक्ष हरी गौतमको नेतृत्व ग्रहण गरेपछि संघभित्र आन्तरिक कलह, असहयोग र असन्तुष्टिका स्वरहरू तीव्र रुपमा बढेका छन्।

Advertisement

संघका केही पदाधिकारी र सदस्यहरूले अध्यक्ष गौतममाथि संस्थाको गरिमा कमजोर पारेको, निर्णयमा एकलौटीपन देखाएको र संघलाई व्यक्तिगत स्वार्थ र गुटबन्दीको केन्द्र बनाएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, संघका गतिविधि अब साझा मञ्चभन्दा शक्ति प्रदर्शनको माध्यम बन्दै गइरहेका छन्।

Advertisement

एक वरिष्ठ उद्योगीका अनुसार, “संघ व्यवसायीहरूको साझा घर हो, तर पछिल्लो समयमा पारदर्शिता र सहकार्यको भावना हराउँदै गएको छ। व्यक्तिगत हित र मनपरी निर्णयले संस्थाको साखमा नै असर पारेको छ।”

स्रोतका भनाइअनुसार, केही पूर्वअध्यक्ष र वरिष्ठ उद्योगीहरू पनि हालको नेतृत्वप्रति असन्तुष्ट छन्। उनीहरूले संघको नीति र कार्यशैली पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन्, अन्यथा संघको ऐतिहासिक गरिमा गुम्ने चेतावनी दिएका छन्।

त्यसैबीच, व्यवसायी समुदायमा संघको भूमिकाप्रति निराशा बढ्दो क्रममा छ। उनीहरूका अनुसार, संघले आफ्नो मूल उद्देश्य, व्यवसाय प्रवर्द्धन, नीति सिफारिस र निजी क्षेत्रको एकता भन्दा टाढा गईरहेको महसुस भइरहेको छ।

यसैबीच संघले पत्रकारहरुलाई पेय पदार्थ बाडेको भनेर आरोप समेत लागेको छ, यस विषयमा संघका अध्यक्षसंग बुझन सम्पर्क गर्न ख‍ोज्दा हुनसकेन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *