Categories समाचार

सीमापार तस्करको चंगुलबाट १४ वर्षीया नेपाली किशोरीको सकुशल उद्धार

Advertisement

वीरगंज । बिहारबाट नेपालकी १४ वर्षीया अन्जली (परिवर्तित नाम) लाई सकुशल उद्धार गरिएको छ। दुई महिनाअघि मनोज गिरी नामका व्यक्तिले उनलाई ललाइफकाई नेपालबाट लगेका थिए।

पीडितकी आमाले ह्वाट्सएपमार्फत असमका प्रहरी निरीक्षक मनोज कुमार शर्मालाई सहयोग मागेपछि मिशन मुक्ति फाउन्डेशन का निर्देशक वीरेन्द्र सिंहको समन्वयमा “मिशन निर्भया अपरेसन” सञ्चालन गरिएको थियो।

Advertisement

राष्ट्रिय मानव अधिकार आयोगका प्रियांक कानूनगो, ए.डी.जी अमित जैन, एसएसबी बेजपारा, मोतिहारी प्रहरी र विभिन्न एनजीओहरूको संयुक्त प्रयासमा गिरी पक्राउ परे र बालिका उद्धार भइन्। तस्करले उनलाई दिल्ली लैजाने तयारी गरिरहेका थिए।

Advertisement

समयमै गरिएको यो कारबाहीले एक नेपाली बालिकाको जीवन जोगाएको अधिकारीहरूले बताएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *