Categories Uncategorized

सूर्य नेपालका कर्मचारी बनेर व्यवसायी ठग्ने वीरगन्जका तीन जना हेटौंडाबाट पक्राउ

वीरगन्ज । आफूलाई सूर्य नेपाल प्रा.लि.का कर्मचारी बताउँदै विभिन्न व्यवसायीलाई लाखौँ रुपैयाँ बराबरको सामान ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू हेटौंडाका व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गरी भुक्तानीका लागि नक्कली बैंक भौचर ह्वाट्सएपमार्फत पठाउँथे। ठगीमा संलग्नहरूले करिब रु. १७ लाख ८७ हजार बराबरको सामान वीरगन्जतर्फ डेलिभरी गर्न लगाएको खुलेको छ।

Advertisement

पक्राउ पर्नेहरूमा पर्सा वीरगन्ज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, वडा नं. १९ का ४० वर्षीय रामराउत कुर्मी र वडा नं. ३२ टेडा घर भई हाल हेटौंडा उपमहानगरपालिका–१०, टिसिएनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेश कुमार केशरी रहेका छन्।

Advertisement

यी तीनै जनालाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *