Categories समाचार

पर्सामा सशस्त्र प्रहरीद्वारा करिब १७ लाख रुपैयाँको अवैध सामान बरामद गरि भन्सारमा बुझाइयो

Advertisement

बीरगंज । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपालले पर्साका विभिन्न स्थानबाट करिब १७ लाख रुपैयाँ बराबरको अवैध सामान, पशुचौपाया तथा एक मोटरसाइकल नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

बिओपी महादेवपट्टीबाट खटिएको टोलीले जिराभवानी गाउँपालिका–१, बलुवास्थित मुस्तुफा मियाको घरबाट भारतबाट अबैध रूपमा भन्सार छलि ल्याई लुकाइ छिपाइ राखिएको १५ कार्टुन (४५० थान) ‘लाभा’ कीप्याड मोबाईल फोन बरामद गरेको छ।

Advertisement

बरामद मोबाइलको मूल्य करिब ९ लाख रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको हो।

Advertisement

त्यसैगरी, नं. १३ गण पर्साबाट खटिएको अर्को टोलीले बिरगंज महानगरपालिका–२ भगुवास्थित BR 29 T 9411 नम्बरको मोटरसाइकलमा अवैध रूपमा भारतबाट ल्याइ परवानीपुरतर्फ लैजाँदै गरेको कपडा र किराना सामान बरामद गरेको छ। सामानको मूल्य ३ लाख ८० हजार ४२० रुपैयाँ र प्रयोग गरिएको मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ गरी करिब ४ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री भन्सारमा बुझाइएको छ।

यसैबीच, सशस्त्र प्रहरी प्रसीसु गुल्म, बीरगंजबाट खटिएको टोलीले महानगरपालिका–१६ को सीमा क्षेत्रबाट ३ लाख २१ हजार ४२० रुपैयाँ बराबरको कपडा, किराना सामान तथा पशुचौपाया नियन्त्रण गरी भन्सारमा बुझाएको छ।

गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–५, झौवाबाट ११ हजार रुपैयाँ बराबरको तोरी समेत बरामद गरेको छ।

सबै नियन्त्रणमा लिइएका सामग्रीहरू आवश्यक कानूनी प्रक्रिया अघि बढाउन भन्सार कार्यालयमा बुझाइिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी विश्वराज योन्जनले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *