Categories समाचार

जेनजी आन्दोलनमा घाइते २,४२९ जनालाई सरकारको १५ हजार राहत

Advertisement

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।  प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट करिब २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।  यसैगरी, बैठकले नेपालको पुँजी बजारलाई नियमन गर्ने नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचनाबारे अध्ययन गरी सुझाव दिनका लागि प्रकाशजंग केसीको संयोजकत्वमा एक सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

अन्य निर्णयहरूमा माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरी अध्यागमन नियमावलीमा हेरफेर गर्ने र सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ लाई नियुक्त गर्ने निर्णय समेत समावेश छन् ।

Advertisement

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा घाइते भएका २ हजार ४२९ जना व्यक्तिहरूलाई जनही १५ हजार रुपैयाँ का दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

Advertisement

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । 

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट करिब २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । 

यसैगरी, बैठकले नेपालको पुँजी बजारलाई नियमन गर्ने नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचनाबारे अध्ययन गरी सुझाव दिनका लागि प्रकाशजंग केसीको संयोजकत्वमा एक सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

अन्य निर्णयहरूमा माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरी अध्यागमन नियमावलीमा हेरफेर गर्ने र सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ लाई नियुक्त गर्ने निर्णय समेत समावेश छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *