वीरगञ्ज । जेनजी अगुवा सुदन गुरुङ र पर्साका सक्रिय युवा नेतृत्वबीच आज वीरगञ्जमा विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पर्साको युवा नेतृत्व, सामाजिक मुद्दा तथा आगामी संगठनात्मक योजनाबारे विस्तृत छलफल गरिएको जेन जी पर्साले जानकारी दिएको छ।
भेटघाटअघि सहभागी टोलीले वीरगञ्जस्थित ऐतिहासिक माईस्थान मन्दिरमा पूजा–पाठ गर्दै देश, प्रदेश तथा युवाको उज्ज्वल भविष्यको कामना गरेका थिए।
कार्यक्रममा अभियन्ता रणधीर वर्णावाल, राजा गुप्ता, अजीत सिंह, अमर सर्राफ, आँशु सिंह, सागर सर्राफ र रिशु वर्मा लगायत युवा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
भेलाबाट युवाको भूमिकालाई अझ सुदृढ बनाउने, पर्साको विकास र परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्ने तथा जेन जी युवाहरू एकताबद्ध भएर अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।






