Categories समाचार

जेनजी अभियन्ता बमद्वारा प्रधानमन्त्रीका स्वकीय सचिव बर्खास्तीको माग

काठमाडौँ । जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नातावाद–कृपावादलाई प्रोत्साहन गरेको आरोप लगाउँदै तत्काल पदमुक्त गर्न माग गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संवेदनशील समयमा नागरिक सरकार चौतर्फी दवाबमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा स्वकीय सचिवले पदको दुरुपयोग गर्दै श्रीमतीसहित आफन्तलाई सचिवालयमा भर्ती गर्नु गैरजिम्मेवार र नैतिक भ्रष्टाचार भएको टिप्पणी गरेकी छन्।

Advertisement

बमले जेनजी आन्दोलनका मूल मागमध्ये पारदर्शिता र जबाफदेहिता प्रमुख रहेको स्मरण गराउँदै नागरिक सरकार सीमित स्वार्थी व्यक्तिहरूको प्रभावमा सञ्चालन हुनु नहुँने बताएकी छन्।

Advertisement

उनले सरकारलाई श्रेष्ठद्वारा गरिएका पारिवारिक नियुक्ति तुरुन्त खारेज गर्न र उनलाई पदबाट हटाउन आग्रह गर्दै “सरकार बेलैमा सचेत होस्” भनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *