Categories समाचार

हरि खेतान क्याम्पसद्वारा प्रेरणादायी ‘सेल्फ रियलाइजेशन’ कार्यक्रम आयोजना

वीरगन्ज। हरि खेतान बहुमुखी क्याम्पसले आफ्नो ४४औँ शैक्षिक उत्कृष्टता वर्षको उपलक्ष्यमा ‘सेल्फ–रियलाइजेशन सेमिनार’ आयोजना गरेको छ।

सोमबार आदर्शनगरस्थित होटल तृषलामा आयोजित कार्यक्रममा कक्षा १२ का करिब ३ सय जना विद्यार्थीहरुको सहभागिता रहेपछि कार्यक्रम अत्यन्तै सफल र प्रभावकारी बनेको क्याम्पसले जनाएको छ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष डा. रामअवतार खेतान रहे । विशिष्ट अतिथिमा शिक्षक प्रतिनिधि श्रीमती वर्जित कौर उपस्थित थिइन्। कार्यक्रमका क्याटिनेटर श्रीमती रितिका जैसवाल र मुस्तुफा अन्सारी रहे भने क्याम्पस प्रमुख रबिन्द्र कुमार प्रसाद यादवले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

Advertisement

सेमिनारका प्रशिक्षक मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश मानवसेवाले आत्मचेतना, लक्ष्य पहिचान र जीवनप्रति सकारात्मक दृष्टिकोणबारे प्रेरणादायी सन्देश दिए। साथै विद्यार्थीहरूले जीवनका लक्ष्य निर्धारण, आत्मअनुशासन र व्यक्तिगत विकासका रणनीतिबारे उपयोगी सीप सिकेका थिए।

कार्यक्रममा शिक्षक दिलिप प्रजापति, समरेन्द्र यादव र लालकिशोर पटेलका साथै विभिन्न सञ्चारगृहका सञ्चारकर्मी समेतको विशेष उपस्थिति रहेको थियो।

क्याम्पसले युवाहरूलाई जीवन उन्मुख शिक्षा, आत्मबोध र नेतृत्व क्षमता विकासमा प्रेरित गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *