वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ मालिबस्तीबाट नौ किलो लागुऔषध (गाँजा) बरामद गरेको छ।
नेपालबाट भारततर्फ जाँदै गरेको प्र.०२.००१ प ५२०२ र BR 22 AK 2944 नंम्बरका दुई मोटरसाइकल जाँच गर्ने क्रममा चालक मोटरसाइकल छाडेर फरार भएका थिए।
त्यसपछि गरिएको चेकजाँचमा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाइ–छिपाइ राखिएको करिब ९ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको दुईवटा मोटरसाइकल तथा एक थान एन्ड्रोइड मोबाइलसहित लागुऔषध आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, हेडक्वार्टर पर्साका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी दिएका छन्।






