Categories समाचार

छतवाबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ

वीरगंज । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित छतवा प्रहरी चौकीले लागुऔषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

वरिष्ठ नायब निरीक्षक अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटेको प्रहरी टोलीले, BR 05 AN 3532 नम्बरको भारतीय मोटरसाइकल नेपाल प्रवेश गर्दै गरेको अवस्थामा चेकजाँच गरेको थियो।

Advertisement

जाँचका क्रममा मोटरसाइकलको पछाडि दुध बोक्ने फलामे साँचो मुनी लुकाइ–छिपाइ राखिएको जुटको बोरामा १९ प्याकेट लागुऔषध फेला परेको थियो।

Advertisement

फेला परेका प्याकेटमा सेतो प्लाष्टिकमा प्याक गरिएको कोकिन जस्तो देखिने पदार्थ रहेको थियो, जसको तौल प्लाष्टिकसहित २१ ग्राम ६५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा राखिएको छ।

पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, नायकटोल बस्ने करिब ३५ वर्षीय लाल बाबु साह हुन्। साहलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *