Categories समाचार

माडी–ठोरी सडकअन्तर्गत पटारी खोलाको पुल: वर्षौँ अलपत्र पार्ने ठेकेदारसँग ठेक्का रद्द

Advertisement

काठमाडौँ । चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलामा निर्माण भइरहेको पुलको ठेक्का सरकारले रद्द गरेको छ।

वर्षौँसम्म काम अलपत्र पारिएको र ठेकेदार कम्पनी सम्पर्कमै नआएपछि ठेक्का तोडिएको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगन्जले जनाएको छ।

Advertisement

योजना कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीलाई “किन काम अघि बढाएनौ ?” भनी १५ दिनभित्र स्पष्टीकरण मागिएको स्मरण गराएको छ।

Advertisement

तर तोकिएको समयभित्र स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र कम्पनीका प्रतिनिधि समेत सम्पर्कमा नआएपछि ठेक्का रद्द गर्नुपरेको कार्यालयले स्पष्ट गरेको छ।

निर्माण कार्य वर्षौँदेखि रोकिँदा स्थानीयवासी र सडक प्रयोगकर्ताले पाउने सेवामा परेको असरलाई उल्लेख गर्दै कार्यालयले अब आवश्यक कानुनी प्रक्रिया अनुसार अगाडिका कदम चालिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *