Categories समाचार

तुलसीपुर कारागारबाट फरार थुनुवा मृत फेला

Advertisement

दाङ । तुलसीपुर कारागारबाट फरार थुनुवा मृत फेला परेका छन् । जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला परेका हुन् ।

कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।

Advertisement

मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *