Categories समाचार

पर्सामा हुण्डीको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको चेकजाँच टोलीले आज बिहान वीरगञ्ज–१६, रजतजयन्ती चोकनजिक चेकजाँच गर्ने क्रममा मोटरसाइकलबाट उक्त रकम बरामद गरेको हो।

Advertisement

मधेश प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत विहार, मोतीहारी–रक्सौल वडा नं. १ का ५३ वर्षीय सुरेन्द्र साहलाई रोकेर तलासी गर्दा मोटरसाइकलको बायाँतर्फ रहेको एयर फिल्टरभित्र लुकाइ–छिपाइ राखिएको नगद फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

बरामद गरिएको रकममध्ये नेपाली रुपैयाँ १,००० दरका ७०० थान (रु. ७ लाख) र ५०० दरका ६०० थान (रु. ३ लाख) गरी जम्मा १० लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। रकमको श्रोतबारे विश्वसनीय जानकारी नखुलेपछि साहलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *