वीरगंज । युथ कांग्रेस नेपालले वीरगंजका सरन गुप्तालाई मधेश प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको छ। संगठनले जारी गरेको शुभकामना सन्देशमा गुप्तालाई नयाँ भूमिकाका लागि बधाई दिँदै सफल कार्यकालको शुभेच्छा व्यक्त गरेको छ।
गुप्ताको नेतृत्वले संगठनलाई अझ ऊर्जावान् र प्रभावकारी बनाउने विश्वास युथ कांग्रेसले व्यक्त गरेको छ। बयानमा भनिएको छ, “उहाँको पहल, नेतृत्व क्षमता र युवाप्रति समर्पणले संगठनलाई मधेशमा थप सशक्त बनाउनेछ।”
सामाजिक क्षेत्रमा सक्रिय भूमिकाका लागि चिनिएका गुप्ता विभिन्न सामाजिक संस्थामा आवद्ध रहँदै निरन्तर सामाजिक सेवा गर्दै आएका छन्। युथ कांग्रेस नेपालले उनको समर्पण र सकारात्मक सक्रियताका कारण संयोजकको जिम्मेवारी प्रदान गरिएको जनाएको छ।
संगठनले देश विकास, राष्ट्रप्रेम र युवामा जागरणको भावना फैलाउन गुप्ताको योगदान प्रभावकारी हुने अपेक्षा पनि व्यक्त गरेको छ।






