Categories समाचार

बारामा पानी उद्योगका व्यवस्थापकको हत्या : मुख्य योजनाकार चालकसहित दुई पक्राउ

Advertisement

वीरगञ्ज । बारामा किरण वेभरेज प्रालिका व्यवस्थापक रामकिशोर सिंहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीको तीव्र अनुसन्धानपछि मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ परेकामध्ये वीरगञ्ज–२२ का २१ वर्षीय राजनकुमार रामलाई हत्याको मूल योजनाकारका रूपमा पहिचान गरिएको छ। उनले सो उद्योगमै सवारी चालकका रूपमा काम गर्दै आएका थिए। त्यस्तै, उनको योजनामा साथ दिएको आरोपमा ३२ वर्षीय प्रमोद साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

मंसिर १२ गते बिहान उद्योग नजिकैको खोल्सामा व्यवस्थापक सिंह मृत भेटिएपछि सुरु भएको छानबिनले घटनामा पूर्व योजनाबद्ध रूपमा अपराध गरिएको खुलाएको छ। अनुसन्धान अनुसार, १० मंसिरमा आफूलाई कामबाट निकालिएको रिस र विगतमा भएका विवादका कारण राजनले प्रतिशोधपूर्वक हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

Advertisement

११ मंसिर साँझ वीरगञ्जमै मदिरापान गर्दै राजन र प्रमोदबीच योजनाबारे अन्तिम छलफल भएको खुलेको छ। उनीहरूले त्यतिबेला वीरगञ्जबाटै घरेलु धारिलो हतियार र इँट प्रयोग गरी उद्योगभित्रै सिंहको हत्या भएको प्रहरीले जनाएको छ।

घटना भएको १६ घण्टाभित्रै योजनाकार राजनलाई पर्साको छिपहरमाई गाउँपालिकास्थित भिस्वा नाकाबाट भारत फरार हुन खोज्दै गर्दा पक्राउ गरियो। अर्का अभियुक्त प्रमोद साह भने वीरगञ्जमै समातिएका हुन्।

हाल दुवै जनामाथि जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरिएको छ र थप अनुसन्धान जारी रहेको बाराका प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *