Categories समाचार

धनुषामा रोशनी झाको शङ्कास्पद मृत्यु : हत्या आशंकासहित किटानी जाहेरी

Advertisement

जनकपुर । धनुषामा एक महिलाको मृत्यु शङ्कास्पद बनेपछि घटनाले नयाँ मोड लिएको छ। जनकपुरधाम–४ की रोशनी झा बिहीवार राति भर्याँङबाट खसेको सूचना माइत पक्षलाई ससुराली पक्षले दिए पनि घटनास्थल पुगेपछि उनी ‘फाँसी’ लागेको बताइएकाले परिवारजनको झनै शंका गहिरिएको छ।

रोशनीका आफन्तले उनको हत्या रोशनीका श्रीमान् प्रशान्त मिश्राले गरेको दाबी गर्दै न्याय माग गरेका छन्। घटनास्थलमा भेटिएका जलेका कपडा तथा अन्य अवशेषले पनि शंका थपिएको छ। परिवारजनका अनुसार ससुराली पक्षले प्रमाण नष्ट गर्ने प्रयास गरेको देखिन्छ।

Advertisement

धनुषाका एसपी रुगम बहादुर कुँवरले घटनास्थल निरीक्षण गर्दै रोशनीको मृत्यु आत्महत्या जस्तो नदेखिएको प्रारम्भिक निष्कर्ष सुनाए। पोस्टमार्टम रिपोर्टले वास्तविकता अझ स्पष्ट हुने उनले जानकारी दिए।

Advertisement

प्रहरीले जलेका अवशेषका नमूना परीक्षणका लागि पठाइसकेको छ भने घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

यसैबीच पीडित परिवारले प्रशान्त मिश्रासहित संलग्न व्यक्तिहरूविरुद्ध किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका छन्। स्थानीयका अनुसार मिश्राको परिवारका केही सदस्यले पनि प्रमाण मेटाउने कार्यमा सहयोग गरेको आशंका छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *