Categories समाचार

घुसपैठ र अवैध गतिविधि रोक्न प्रशासनलाई ज्ञापनपत्र

Advertisement

वीरगञ्ज । नेपाल–भारत खुला सिमानाको दुरुपयोग बढ्दै गएपछि उत्पन्न भएको सुरक्षागत चुनौतीबारे गम्भीर चासो व्यक्त गर्दै जेनजी युवा समूह, पर्साले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ। समूहले सीमाक्षेत्रमा घुसपैठ, अवैध ओसारपसार, मानव तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणमा तत्काल प्रभावकारी कदम चाल्न प्रशासनसँग आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा खुला सीमाको नाममा भइरहेको अवैध गतिविधिले राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र कानून–व्यवस्थामा प्रत्यक्ष असर पर्न थालेको उल्लेख गरिएको छ। साथै, अपराधी समूहहरूले सीमाको कमजोर व्यवस्थाको फाइदा उठाइ अवैध बसोबास, आर्थिक अपराध तथा साम्प्रदायिक तनाव बढाउने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गरिएको छ।

Advertisement

समूहले सीमाक्षेत्र सुरक्षित बनाउन आठ बुँदे माग अघि सारेको छ। जसअन्तर्गत अनियन्त्रित प्रवेशमा कडाइ, सीमावर्ती नाकामा Verification Desk स्थापना, शंकास्पद व्यक्तिको पहिचान तथा कागजात प्रमाणीकरण, सीमा क्षेत्रमा CCTV र ड्रोनमार्फत डिजिटल निगरानी, स्थानीय समुदाय र सुरक्षा निकायबीच समन्वय, अवैध गतिविधिविरुद्ध Zero Tolerance नीति लागू, तस्करी नियन्त्रणका लागि विशेष अभियान र नेपाल–भारत सुरक्षा निकायबीच नियमित संयुक्त गस्तीको व्यवस्था प्रमुख छन्।

Advertisement

ज्ञापनपत्रमा उल्लेख गरिँदै भनिएको छ,
“खुला सीमा विकास, व्यापार र मानवीय सम्बन्धका लागि होस्, दुरुपयोग गर्ने अपराधीका लागि होइन।”

आगामी चुनाव नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढ्ने भएकोले सबै तहका सरकारी निकायलाई सीमा सुरक्षा सुदृढीकरण र प्रभावकारी निगरानीमा जोड दिन आग्रह गरिएको छ। ज्ञापनपत्रको प्रतिलिपि प्रधानमन्त्री तथा गृह मन्त्रालयलाई समेत पठाइएको समूहले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *