Categories समाचार

आज तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको भाउ

Advertisement

काठमाण्डौ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो ।

Advertisement

यस्तै चाँदीको भाउ आज तोलामा एक सय १० रुपैयाँले बढेको छ । चाँदी आज एक सय १० रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो ।

Advertisement

हिजो चाँदीको भाउ तीन हजार पाँच सय ४५ रुपैयाँ थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *