Categories समाचार

पर्सा प्रशासनको सतर्कता आग्रह: सीमाबाट शंकास्पद व्यक्ति प्रवेश हुनसक्ने चेतावनी

Advertisement

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती क्षेत्रमा सुरक्षा जोखिम बढ्न सक्ने जनाउँदै आम सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

विभिन्न सञ्चार माध्यमहरूमा आएका जानकारी तथा कार्यलयमा प्राप्त ध्यानाकर्षण पत्रहरूका आधारमा भारत–नेपाल सीमाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरू अवैध रूपमा जिल्लाभित्र प्रवेश गर्न सक्ने सम्भावना देखिएपछि सुरक्षा निगरानी कडा बनाइएको प्रशासनले जनाएको हो।

Advertisement

सीमा नाकाहरूमा सुरक्षा निकायले चेकजाँच कडाइका साथ गरिरहेको जानकारी दिँदै प्रशासनले शंकास्पद व्यक्ति वा समुदाय जिल्ला भित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षालयमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।

Advertisement

साथै, परिचय नखुलेका अपरिचित व्यक्तिहरूलाई घरमा बस्न नदिन र कुनै कामकाजमा संलग्न नगराउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *