Categories समाचार

रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ

Advertisement

वीरगंज । रौतहटको ईशनाथ–४ लतमरी नाकाबाट प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ।

मङ्गलबार साँझ नियमित चेकजाँचका क्रममा बीआर–०५ एटी–०९८३ नम्बरको मोटरसाइकल रोकेर तलासी गर्दा १,००० दरका ११८ थान नक्कली नोट बरामद भएको हो।

Advertisement

पक्राउ पर्नेहरूमा भारत बिहारका जयप्रकाश कुमार र रौतहटका गोनालाल राउत तथा अजय पटेल रहेका छन्।

Advertisement

नक्कली नोटको स्रोत र संलग्न नेटवर्कबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *