Categories समाचार समाज

गुडविल सोसाइटीद्वारा विपन्न परिवारलाई एक महिनाको खाद्यान्न सहयोग

वीरगञ्ज । मानव सेवामा समर्पित गुडविल सोसाइटीले वीरगञ्ज महानगरपालिका–१, छपकैया बजारस्थित एक विपन्न परिवारलाई एक महिनाका लागि पर्याप्त हुने खाद्यान्न सामाग्री सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत मानवता र सहानुभूतिको भावनासहित गरिएको उक्त सहयोग कार्यक्रममार्फत संस्थाले चामल, दाल, नुन, तेल, मसला तथा दैनिक उपभोग्य सामग्रीहरू परिवारलाई हस्तान्तरण गरेको जनाएको छ।

Advertisement

सहयोग ग्रहण गर्ने परिवारले गुडविल सोसाइटीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगले विपन्न वर्गलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

Advertisement

गुडविल सोसाइटीले निरन्तर रूपमा मानव सेवा तथा सामाजिक कल्याणका अभियानहरू सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *