Categories समाचार

आज ७ सयले बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौँ । स्थानिय बजारमा सुनको मूल्य आज ७०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको दुई लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ।

Advertisement

गएको बिहीबार, शुक्रबार र आइतबार लगातार घटेको सुनको मूल्य आज बढेको हो । बिहीबार आठसय त्यसैगरि शुक्रबार नौसय रुपैयाँ र आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँले  घटेको थियो ।

Advertisement

आज चाँदीको मूल्य भने केही घटेको छ। चाँदीको मुल्य प्रतितोला २० रुपैयाँ घटेर तोलाको तीन हजार पाँचसय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *