Categories समाचार

४ महिने छोराको हत्या गर्ने नेपाल प्रहरीका असई पक्राउ

Advertisement

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की ४ महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। आइतबार दिउँसो काठमाडौँको सिनामंगलस्थित भाडाको कोठामा बसेका कार्कीले छोराको घाँटी रेटेर ज्यान लिएको प्रहरीले जनाएको छ।

छोराको हत्या गरेर श्रीमतीलाई पनि कुटपिट गरेर उनी फरार भएका थिए । जन्मँदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका हुन् । श्रीमती पनि प्रहरी हुन् ।

Advertisement

उनी आइतबार बेलुकी नै पक्राउ परेका हुन्। पक्राउबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले कार्कीलाई भद्रकालीस्थित परिसरको नियन्त्रण कक्षमा राखिएको बताए।

Advertisement

घटनाबारे आवश्यक सोधपुछ र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *