Categories समाचार

रातारात वीरगन्ज आएर भारतीय प्रहरीले १ नेपालीलाई पक्रेर लग्याे, नेपाल प्रहरी बेखबर

Advertisement

वीरगन्ज । वीरगन्जबाट भारतीय प्रहरीले एक जनालाई नेपाल प्रहरीलाई समेत खबर नदिई पक्रेर लगेकाे छ। आइतबार राति भारतीय नम्बरको गाडीमा आएका सादा पोशाकका भारतीय प्रहरीले वीरगन्ज-१३ राधेमाईबाटपर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई नियन्त्रणमा लिएर भारत लगेकाे हाे।साह वीरगन्ज-१३ राधेमाईमा बस्दै आएका थिए ।

स्रोतका अनुसार आइतबार राति भारतीय नम्बरको थार गाडीमा आएका सादा पोशाकमा आएका तीन जना भारतीय प्रहरीहरु पहिले साहको गाउँ खजुरियामै गएको थियाे। त्यहाँ उनि फेला नपरेपछि भारतीय प्रहरीहरु हुँदै वीरगन्ज-१३ राधेमाइ टोलमा रहेको पुगेको थियो । त्यहीँबाट साहलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीले भारत लगेको परिवारजनले बताए ।

Advertisement

केही दिनअघि भारतमा ५० किलोभन्दा बढी लागू ओैषध चरेससहित एक व्यक्ति पक्राउ परेका थिए । उनको बयानका आधारमा साहको पनि नाम जोडिएपछि भारतीय प्रहरीले साहलाई रातारात वीरगन्जबाट नियन्त्रणमा लिएर भारत लगेकाे स्राेतले जनाएको छ।

Advertisement

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले भने यसबारेमा नेपाल प्रहरीलाई कुनै जानकारी नै नभएको बताए ।उनले भने,`भारतीय प्रहरीले मान्छे पक्रेर लगेकाे भए हामीलाई खबर हुन्थ्याे।सायद याे खबर झुठाे हुनसक्छ हाेला।´ मधेसखबर बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *