Categories समाचार

निशुल्क आँखा शिविरबाट १४७ जनालाई सेवा, ३१ जनाको मोतियाबिन्द शल्यक्रियाको तयारी

Advertisement

वीरगंज । आज (सोमबार) जगरनाथपुर गाउँपालिका–४, सुहपुरमा आयोजित निशुल्क आँखा शिविरबाट १ सय ४७ जना स्थानीयवासी लाभान्वित भएका छन्।

जनमत पार्टीको आयोजनामा तथा सामुदायिक आँखा केन्द्र, वीरगञ्जको प्राविधिक सहयोग र बृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा सम्पन्न भएको शिविरमा आँखा जाँच गरिएका १ सय ४७ जनामध्ये ३१ जना मोतियाबिन्दका विरामी भेटिएका छन्।

Advertisement

त्यस्तै, २३ जनालाई निशुल्क आँखाको ड्रप प्रदान गरिएको शिविरका संयोजक राजेश चौधरीले जानकारी दिनुभयो।

Advertisement

मोतियाबिन्द भएका विरामीलाई यही हप्ता मंसिर २४ गते, बुधबार वीरगंज लगेर निशुल्क शल्यक्रिया गराइने कार्यक्रम रहेको शिविर संयोजक राजेश चौधरीले बताउनुभयो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *