Categories समाचार

एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि

Advertisement

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटिरहेका छन्।

अधिकारीले महाधिवेशनमा दुई हजार ६ सय १३ जना सहभागी हुने जानकारी दिए। त्यसमध्ये २ हजार १ सय ५४ जना प्रतिनिधि निर्वाचित भएर आउने छन्। एकसय ८ जना प्रतिनिधि केन्द्रबाट मनोनित हुनेछन्। मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले बताए।

Advertisement

तत्कालिन नेकपा एसलाई लक्षित गरेर एमालेले सुरु गरेको ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन्। उनीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ। अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या पनि समाधान भइसकेको छ।

Advertisement

ती जिल्लाहरुमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड पु¥याएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो। जस अनुसार दुवै जिल्लाबाट सर्वसहमत रुपमा प्रतिनिधि छनौट भएर आएका छन्।

त्यस बाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौटका विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए। प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको छ।

संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिलको कार्ड नबनाउने तयारी गरेको छ। ‘हामीले ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरुको भेरिफिकेसन गरिसक्यौँ,’ अधिकारीले भने। एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधिबाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन्। उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन्।

सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन्। प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो। प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन्।

विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ। मंसिर २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *