Categories समाचार

स्वच्छ वातावरणको लक्ष्यसहित पर्सामा नेपाल रेडियोलोजिस्ट एसोसिएसनको वृक्षरोपण

Advertisement

वीरगंज । नेपाल रेडियोलोजिस्ट एसोसिएसन (NRA) ले पर्सा जिल्लामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आदर्श नगर क्षेत्रमा सम्पन्न कार्यक्रममा जिल्लाभर कार्यरत रेडियोलोजिस्ट चिकित्सकहरूले सयौँ बिरुवा रोपेर अभियानलाई सफल बनाएका हुन्।

कार्यक्रमको उद्देश्य स्थानीय क्षेत्रमा हरियालीको विस्तार गर्दै स्वच्छ र स्वास्थ्य–मैत्री वातावरण निर्माण गर्नु रहेको आयोजकहरूले बताए। वातावरण संरक्षण, प्रदूषण नियन्त्रण र समुदायमा हरियाली वृद्धि गर्ने लक्ष्यसहित गरिएको अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रसारण गरेको उल्लेख गरिएको छ।

Advertisement

सहभागी चिकित्सकहरूले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको जिकिर गर्दै यस्ता अभियान आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

NRA पर्साका प्रतिनिधिहरूका अनुसार रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय तहसँग समन्वय गरी निरन्तर निगरानी तथा हेरचाहको व्यवस्था गरिनेछ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *