उसले मृत्यु रोजेको छ
बाँच्न कठिन भए पछि
मृत्यु संग जुझ्ने मान्छे
मृत्यु रोज्यो किन ?
उसको जीवन कस्ले पढ्ने ?
उसको इतिहास ।
जिन्दगीको परिभाषा रामै्रसंग खोज्थ्यो
बाँच्न सिकाएर
जिन्दगीको गीत गाउँथ्यो
हाँस्न सिकाएर
यस्तो महान मान्छे
हा¥यो किन आज ?
संघर्षको मैदान छोडि
हिड्यो किन आज ?
लाखौं मान्छे लामवद्ध थिए
उसको दर्शन प्रति
मान्छेहरु रोइ बस्छन
उसको मृत्यु सुने पछि ।
आमा बाबु स्तब्ध छन
आस्थाको बत्ति निभे पछि
यात्रा अझै बाँकी थियो
गन्तव्य चुम्नलाई
यात्रीहरु के गर्छन कुन्नि ?
उसको साथ टुटे पछि
मर्नु प¥यो किन उसले ?
कस्ले वाध्य पा¥यो ?
क्रान्ति देखि नडराउने
झण्डा उठाइ हिड्थ्यो
अन्यायको विरुद्धमा
आवाज एक पाथ्र्यो
स्वाभिमानका गाथाहरु
लेखी बस्ने गथ्र्यो
अजम्बरी फूल जस्तो
उसले बाँच्नु पथ्र्यो ।
उसको मृत्यु किन आज
महङ्गो सावित भा छ ?
आँखाहरु टोलाई रहे
मन दुःखि रा छ
नरोउ तिमी
बाँध्नु पर्छ मन
शव यात्रामा जानै पर्छ
श्रद्धाञ्जली दिन
उ त म¥यो
बाटो देखाई
त्यहि बाटोमा हिड
अलमल गर्ने छुट छैन
एक भई मुठ्ठी कस ।
प्रकाशचन्द्र खतिवडा सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५






