Categories समाचार

वीरगंज महानगरलाई बैंकहरुद्वारा ९ थान कम्प्युटर सहयोग

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकालाई यहाँ रहेका विभिन्न बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन् । आज एक कार्यक्रमकाबीच बैंकहरूले महानगरपालिकालाई ९ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’ नामक आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन तथा कार्यालयका सामग्रीहरू पूर्णरूपमा नष्ट भएपछि नगरका सेवाप्रवाह प्रभावित बनेका थिए । कार्यालयको नियमित कामकाज सहज बनाउन बैंकहरूले सहयोग उपलब्ध गराएका हुन् ।

Advertisement

वीरगंजमा सञ्चालनमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडले एक–एक थान गरी ९ थान कम्प्युटर सहयोग गरेका छन् । महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा बैंकहरूले उक्त सहयोग उपलब्ध गराएका हुन् ।

Advertisement

कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले बैंकहरूले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै संकटको समयमा पुनः सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र समर्थन जनाउने सबै संघ–संस्थाप्रति हामी कृतज्ञ छौं । यसले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ,’ प्रमुख सिंहले भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकर एशोसिएशन पर्साका संयोजक एवं लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व भएको बताउँदै महानगरपालिकालाई आवश्यक उपकरणहरू सहयोगपूर्वक उपलब्ध गराएको जानकारी दिनुभयो ।

यसअघि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाल लगायत विभिन्न संघ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *