Categories समाचार

पर्सामा सशस्त्र प्रहरीले ९१ केजी लागूऔषध गाँजा गर्यो बरामद

Advertisement

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, मुख्यालय पर्साले सिमावर्ती क्षेत्रमा बढ्दै गएको चोरी–तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानअन्तर्गत ९१ केजी प्रतिबन्धित गाँजा बरामद गरेको छ।

लागूऔषधको ओसारपसार र सेवनले समाजमा गम्भीर नकारात्मक प्रभाव पार्ने विषयलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले पर्सा जिल्लामा प्रभावकारी रूपमा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ।

Advertisement

सोही क्रममा ठोरी गाउँपालिका–४, निर्मल बस्ती क्षेत्रमा सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको गस्ती टोलीलाई देखेपछि करिब ९–१० जना व्यक्तिले नाम्लो लगाई ढाडमा बोकेको १० वटा प्लास्टिकका पोका फालेर फरार भएको प्रहरीले जनाएको छ।

Advertisement

गस्ती टोलीले ती पोका नियन्त्रणमा लिएर खोल्दा त्यसमा गाँजा फेला परेको थियो। बरामद गरिएको गाँजाको तौल ९१ केजी रहेको र आवश्यक प्रक्रिया पूरा गरी उक्त सामग्री इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *