Categories समाचार

जसपाले पर्साका सबै क्षेत्रमा एकल नामसहित गर्‍यो उम्मेदवार सिफारिस

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि पर्साका चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

वीरगञ्जमा बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले पर्सा–१ बाट पूर्व मन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवको एकल नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ। समानुपातिकतर्फ नेक मोहम्मद अन्सारीसहित पाँच जनाको नाम प्रस्ताव गरिएको छ।

Advertisement

पर्सा–२ मा प्रेमबाबु पटेललाई प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने समानुपातिक सूचीमा नागेन्द्र यादव, हरेन्द्र चौरसिया र बैजन्ती माला परेका छन्।

Advertisement

पर्सा–३ मा जनार्दन प्रसाद यादव प्रत्यक्षतर्फ र सलमा खातुन समानुपातिकतर्फ एकल रूपमा सिफारिस भएका छन्।

पर्सा–४ मा तबरेज अहमद प्रत्यक्ष र रम्भा यादव समानुपातिक उम्मेदवारका रूपमा प्रस्तावित छन्।

बैठकमा आगामी संघीय तथा प्रदेश चुनावको रणनीतिदेखि पार्टी एकता र मोर्चा विस्तारको सम्भावनासम्मका विषयमा विस्तृत छलफल भएको थियो।

बैठकमा पूर्व मन्त्री प्रदीप यादव, मेयर राजेशमान सिंहसहित केन्द्रीय तथा स्थानीय नेताहरूको उपस्थिति थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *