Categories शिक्षा

आचार्य एकेडेमीमा रङ्ग भर्ने प्रतियोगिता सम्पन्न, विभिन्न तहका विद्यार्थीहरू विजयी

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगर स्थित रहेको आचार्य एकेडेमीमा आज कक्षा पिजीदेखि युकेजीसम्मका विद्यार्थीहरूबीच आयोजित रङ्ग भर्ने प्रतियोगिता सम्पन्न भएको छ।

बालबालिकाको सिर्जनात्मकता र रंगप्रति रुचि अभिव्यक्त गराउने उद्देश्यले गरिएको प्रतियोगितामा विभिन्न कक्षाका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।

Advertisement

प्राप्त नतिजाअनुसार PG वर्गबाट खुसी कुमारी प्रथम, अरुण मल्ली दोस्रो र साजन तेस्रो बने। त्यस्तै नर्सरी वर्गमा अङ्कित यादव प्रथम, प्रिति पटेल दोस्रो र कृतिदास तेस्रो घोषित भए। LKG वर्गमा लिसाब सेल प्रथम, अभि साह दोस्रो र नैमत्त शेख तेस्रो विजयी बनेका छन्। साथै UKG वर्गमा सोनाक्षी ठाकुर प्रथम, विष्णु पटेल दोस्रो र आरुसी खातुन तेस्रो स्थान हासिल गर्न सफल भए।

Advertisement

कार्यक्रमपछि विद्यालय प्रशासनले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै सम्मान गरेको थियो।
प्रधानाध्यापक मोहम्मद सागिर अलिले प्रतियोगिताले विद्यार्थीहरूको सृजनशीलता र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुर्‍याउने उल्लेख गर्दै सबै सहभागीसँगै विजेतालाई बधाई प्रदान गरे।

आचार्य एकेडेमीका शिक्षक तथा व्यवस्थापन समितिले यस्ता रचनात्मक गतिविधि नियमित रूपमा सञ्चालन गरिने जानकारी दिँदै कार्यक्रमले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *