Categories समाचार

विरगन्ज–सिमरा सडक दुर्घटना : दोषी चालक फरार, प्रहरीको सुस्तीप्रति परिवार आक्रोशित

Advertisement

बारा । बाराको सिमरा–त्रिभुवन राजमार्गमा मंसिर ४ गते भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीय जितेन्द्र प्रसाद रौनियारको उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवारजनले प्रहरीले घटनापछि अपनाएको सुस्तता, उदासीनता र लापरवाहीप्रति कडा आपत्ति जनाएका छन्।

विपरीत दिशाबाट लापरवाहीपूर्वक आएको ना.३ च ३६४५ बसले ठक्कर दिँदा रौनियार गम्भीर घाइते भएका थिए। तर घटनामा संलग्न सवारी चालक अहिले सम्म पनि फरार रहँदा प्रहरीले खोजी र पक्राउ प्रक्रियामा देखाएको ढिलाइप्रति परिवारले गम्भीर प्रश्न उठाएका छन्।

Advertisement

परिवारका सदस्यहरूका अनुसार, “दुर्घटनापछि तत्काल कारबाही सुरु गर्नुपर्ने प्रहरी सडकमा घुमफिर मात्र गर्दै बस्यो, तर दोषी चालकको पहिचान र पक्राउमा कुनै सक्रियता देखाएन। प्रहरीको यस्तै लापरवाहीले अपराधीहरू हौसिन्छन्।”

Advertisement

घाइते रौनियारलाई स्थानीय अस्पताल हुँदै नेपाल मेडिसिटी बयोधा अस्पताल, वीरगन्ज लगिएको थियो। तर, उपचारको क्रममा सोमबार बिहान ९ बजे उनको मृत्यु भयो। मृतकका परिवारले चालकको खोजी, घटनाको निष्पक्ष छानबिन, कानूनी कारबाही र उचित क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा लिखित रूपमा माग प्रस्तुत गरेका छन्।

ज्ञापन–पत्रमार्फत परिवारले गम्भीर घाइते अवस्थामा पनि एम्बुलेन्स व्यवस्थापनदेखि उपचार प्रक्रिया सम्म राज्य संयन्त्रले देखाएको निर्लज्ज लापरवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

परिवारले चेतावनी दिँदै भनेका छन्, “दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही नगरेसम्म हामी शान्तिपूर्ण संघर्ष जारी राख्छौं। प्रहरीले ढिलाइ र बेवास्ता गर्ने प्रवृत्ति तत्काल सुधारिनुपर्छ।”

दुर्घटनामा मानवजीवनको क्षति भएपछि पनि प्रहरीको निष्क्रियता र गैरजिम्मेवारीपूर्ण व्यवहारका कारण नागरिकमा थप अविश्वास बढेको स्थानीयहरूले टिप्पणी गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *