Categories समाचार

डेसिमल कलेजमा ‘समुदायमा सरकारी वकील संवाद’ सम्पन्न, १५० भन्दा बढी कानून विद्यार्थी सहभागी

वीरगंज । डेसिमल कलेजको सभाहलमा करिब १५० भन्दा बढी कानून संकायका विद्यार्थीहरूको सक्रिय उपस्थितिमा “समुदायमा सरकारी वकील संवाद” कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

जिल्ला सरकारी वकील कार्यालय पर्साको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता कार्यालयका प्रमुख न्यायाधिवक्ता मनोज गुप्ताले गर्नुभयो। सरकारी वकीलको भूमिका, व्यवहारिक कानूनी प्रक्रिया र समुदायसँगको सम्बन्धबारे उहाँले विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुभयो।

Advertisement

कार्यक्रमबारे विस्तृत प्रस्तुति जिल्ला सहायक न्यायाधिवक्ता उर्मिला कोजुले राख्नुभयो भने समग्र कार्यक्रमको सहजीकरण नायब सुब्बा कृष्ण बिहारी राय यादवले गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई डेसिमल कलेजका संस्थापक तथा प्रमुख अतिथि सन्नी दुबेले स्वागत गर्दै यस्तो संवादले भावी कानुन व्यवसायीहरूलाई व्यवहारिक ज्ञानसँग जोड्ने विश्वास व्यक्त गर्नुभयो।

सैद्धान्तिक अध्ययनलाई व्यवहारसँग जोड्ने उद्देश्यसहित सम्पन्न यो कार्यक्रमले विद्यार्थीहरूमा सरकारी वकालतप्रति थप चासो र समझदारी विकास गराएको सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *