वीरगञ्ज । त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा वि.सं. २०४२ सालको एसएलसी ब्याचका पूर्वविद्यार्थीहरूको सक्रिय पहल तथा साहेब दरबारको सहयोगमा आज निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।
विद्यालय परिसरमा आयोजित उक्त शिविरको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा सोही विद्यालयका वि.सं. २०४२ सालको एसएलसी ब्याचका पूर्वविद्यार्थी राजेशमान सिंहले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख सिंहले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा योगदान पुर्याउने पूर्वविद्यार्थीहरूको पहल सराहनीय रहेको बताउनुभयो।
शिविरमार्फत विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायका नागरिकहरूले निःशुल्क आँखाको परीक्षण तथा आवश्यक परामर्श सेवा प्राप्त गरेका छन्।
आयोजकका अनुसार आँखासम्बन्धी समस्याको प्रारम्भिक पहिचान तथा उपचारका लागि शिविर प्रभावकारी हुने विश्वास लिइएको छ।







