वीरगञ्ज । नेपाली बजारमा मङ्गलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको १७ सय रुपैयाँले घटेर २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार बढेको ३ हजार ८८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार मङ्गलवार प्रति १० ग्राम सुनको मूल्य २ लाख २२ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३३० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।






