Categories समाचार

परालले छोपेर गाँजा तस्करी, पर्सा प्रहरीले समात्यो पिकअपसहित चालक

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागुऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ।

प्रहरीका अनुसार गत २९ गते साँझ करिब ८ बजे प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १७ कोनिया स्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राबेल सडकखण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गरेको थियो।

Advertisement

चेकजाँचका क्रममा पिकअप गाडीको पछाडिपट्टि प्लास्टिकका बोरामा परालले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा १२ पोकामा रहेको १७६ केजी लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

बरामद गरिएको लागुऔषध सहित पिकअप गाडी र चालक जिल्ला रामेछाप खाडादेवी गाउँपालिका वडा नं. १ निवासी २८ वर्षीय सुबराज श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

घटनाका सम्बन्धमा पक्राउ परेका व्यक्ति, बरामद लागुऔषध तथा सवारी साधनसहित थप अनुसन्धान कार्य भइरहेको निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *