Categories समाचार

४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई चालक पक्राउ

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको अवैध सुपारीसहित दुई वटा ट्रक र दुई जनालाई पक्राउ गरेको छ।

प्राप्त विशेष सूचनाका आधारमा आज दिउँसो करिब साढे १२ बजे वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास रोडमा रहेको निशान्त रोनावतको दाल फ्याक्ट्री परिसरमा अवैध रूपमा सुपारी अनलोड भइरहेको अवस्थामा प्रहरीले छापा मारेको हो।

Advertisement

वीरगञ्ज भन्सार कार्यालयबाट महोत्तरीको बर्दिवासतर्फ लैजान पैठारी गरिएको दुई कन्टेनर सुपारी गन्तव्य परिवर्तन गरी अनलोड गरिँदै गरेको सूचना पाएपछि प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले कारबाही गरेको प्रहरीले जनाएको छ।

Advertisement

छापाका क्रममा ना.७ ख ७४२० नम्बरको टेलर ट्रकमा रहेको ESCU9000479 नम्बरको ‘एक्सप्रेस वे’ लेखिएको कन्टेनर अनलोड गरिँदै गरेको अवस्थामा फेला परेको थियो भने ना.४ ख ६८३२ नम्बरको १४ चक्के टेलर ट्रकमा रहेको ESCU9000606 नम्बरको कन्टेनर पनि अनलोड गर्नका लागि रोकी राखिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले उक्त ट्रकका चालकहरू बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय राम भरोस महरा र जितपुर सिमरा उपमहानगरपालिका–१९ निवासी ५१ वर्षीय रामप्रसाद यादवलाई नियन्त्रणमा लिएको छ।

बरामद सुपारी करिब १८ सय बोरा रहेको र त्यसको अनुमानित मूल्य ४ करोड ७७ लाख ४० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति, सुपारी र ट्रकहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *