Categories समाचार

बढ्दो एचआइभी सङ्क्रमण, कार्यान्वयन कमजोर

Advertisement

वीरगञ्ज । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त आयोजनामा वीरगञ्जमा सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा नेपालमा एचआइभी कार्यक्रमको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिबारे गहन छलफल गरिएको छ ।

सो छलफलमा नेपालमा एचआइभी तथा एड्स रोकथामका कार्यक्रमहरू प्रभावकारी कार्यान्वयनभन्दा कागजी प्रक्रिया मै सीमित हुँदै गएको निष्कर्ष सरोकारवालाहरूले निकालेका छन् ।

Advertisement

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा हाल ३४ हजारभन्दा बढी एचआइभी सङ्क्रमित रहेको जानकारी दिँदै मधेस प्रदेश र खुला सीमाका जिल्लाहरू अझ संवेदनशील रहेको बताए । उनका अनुसार देशभर ६४ जिल्लामा रहेका ९६ वटा एआरटी सेन्टरबाट सेवा प्रवाह भइरहे पनि बजेट अभाव, एआरटी काउन्सिलरको कमी र नयाँ सङ्क्रमितको सङ्ख्या वृद्धि चिन्ताको विषय बनेको छ ।

Advertisement

कार्यक्रममा सहभागीहरूले आमा–बुबाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम, जोखिम समूहसम्म पहुँच विस्तार र समुदायस्तरमै सेवा प्रवाहमा जोड दिनुपर्ने बताएका छन् । सेवा विस्तारसँगै बजेट कटौती हुनु दीगो स्वास्थ्य लक्ष्यका लागि गम्भीर चुनौती भएको उनीहरूको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले एचआइभीसम्बन्धी गलत धारणालाई तोड्न र नागरिकलाई सही सूचना दिन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । सीमा क्षेत्रमा विशेष निगरानी र निरन्तर सचेतनाका कार्यक्रम आवश्यक रहेको उनको धारणा थियो ।

जिल्ला र स्थानीय तहका स्वास्थ्य अधिकारीहरूले एचआइभी परीक्षण, उपचार र सचेतनामा प्रयास जारी रहे पनि स्रोत र समन्वय अभावले प्रभाव कमजोर भएको स्वीकार गरे ।

कार्यक्रममा एएचएफ नेपालका प्रतिनिधिहरूले संस्थाले नेपाल सरकारसँग सहकार्य गर्दै समुदायस्तरमै एचआइभी परीक्षण, उपचार, टिबी स्क्रिनिङ र सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *