Categories राजनीति

एमाले छाडेर प्रल्हाद गिरिसहित दर्जनौँ नेता नेकपामा प्रवेश

वीरगंज । नेकपा (एमाले) परित्याग गर्दै विभिन्न जिल्लाका चार दर्जनभन्दा बढी नेता तथा निर्वाचित जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरिसहित स्थानीय तहका पूर्व–वर्तमान जनप्रतिनिधि र प्रभावशाली नेताहरू नेकपामा समाहित भएका हुन्।

Advertisement

नवप्रवेशीहरूलाई संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपालले टीका लगाएर स्वागत गरे। कार्यक्रममा बोल्दै माधव नेपालले नेकपामा सबैलाई सम्मान र अवसर सुनिश्चित हुने वातावरण रहेको बताए।

Advertisement

प्रचण्डले समयअनुकूल निर्णयका लागि धन्यवाद दिँदै देश संकटमा रहेकाले राष्ट्र र लोकतन्त्रको रक्षा गर्न एकता आवश्यक रहेको उल्लेख गरे। यस प्रवेशले पार्टीलाई थप ऊर्जा र जनआकर्षण बढेको नेताहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *