Categories समाचार

जीतपुरमा कार दुर्घटना: एक युवकको मृत्यु, यश ग्रुपका प्रबन्ध निर्देशक टेमानी प्रहरी नियन्त्रणमा

Advertisement

वीरगञ्ज । वीरगञ्जका चर्चित व्यवसायी तथा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीका छोरा, यश ग्रुपका प्रबन्ध निर्देशक यश अग्रवाल टेमानी सवार रहेको कारको ठक्करबाट जीतपुरमा एक युवकको मृत्यु भएको छ।

सिमरा प्रहरीले जनाएअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी करिब ४५ वर्षीय रामबालक सहनीलाई बा ०१०३३ च २४८१ नम्बरको कारले जीतपुर केरा ढोका नजिक ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

भीड जम्मा भएको थियो र कुटपिटको डरले गाडी चालक कृष्णा यादव फरार भएका थिए पछि चालक कृष्णा यादव पनि प्रहरीको समर्पकमा अएका छन । घटनापछि प्रबन्ध निर्देशक टेमानी हाल ईलाका प्रहरी कार्यालय सिमरामा रहेको र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बुझिएको छ।

Advertisement

यसैबीच, यश अग्रवालका पिता अशोक टेमानीले आफ्नो छोरालाई प्रहरीले अनाहकमा नियन्त्रणमा लिएको आरोप लगाएका छन्। उनका अनुसार दुर्घटनाको समयमा घटनास्थलमा भीड जम्मा भएको थियो र कुटपिटको डरले गाडी चालक कृष्णा यादव फरार भएका थिए। त्यसै कारण प्रहरीले चालकको सट्टा आफ्नो छोरालाई नियन्त्रणमा लिएको हुन सक्ने उनको भनाइ छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको सिमरा प्रहरीले जनाएको छ। यात्रा डेलीबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *