Categories समाचार

शरीरमा बाँधेर ल्याइएको ३ किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा प्रहरीले लागू औषध गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा बुधबार अपराह्न करिब २ः१५ बजे इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको BR 22 BL 0632 नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

Advertisement

जाँचका क्रममा मोटरसाइकल चालक भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्लाको नरकटिया गाउँ, वडा नम्बर ११ निवासी २६ वर्षीय सुमित कुमारको खानतलासी लिँदा प्लास्टिकले बेरिएको अवस्थामा ३ किलो १२० ग्राम लागू औषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

बरामद गरिएको लागू औषध, उक्त मोटरसाइकल तथा भारतीय नगद २६ हजार ५ सय रुपैयाँसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *