Categories Uncategorized

अदालतको आदेश हुँदाहुँदै घर निर्माणमा अवरोध, वीरगञ्ज-२६ का वडा अध्यक्ष मिश्रा विवादमा

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्राले अदालतको आदेशको अवहेलना गरेको गम्भीर आरोप लागेको छ। अदालतबाट जारी स्पष्ट आदेश हुँदाहुँदै पनि वडा अध्यक्ष मिश्राले पीडित रामबाबु प्रसाद कुर्मीको घर निर्माण कार्यमा अवरोध गरिरहेको पीडित पक्षको दाबी छ।

रामबाबु प्रसाद कुर्मी र लाललबायु प्रसाद कुर्मी बीचको मुद्दामा अदालतले निवेदक (रामबाबु) को नाममा दर्ता रहेको जग्गामा अन्तिम फैसला नआएसम्म कुनै किसिमको हस्तक्षेप नगर्नु तथा घर निर्माणमा अवरोध नपुर्‍याउन विपक्षीलाई अन्तरिम आदेश जारी गरेको थियो। साथै उक्त आदेश कार्यान्वयनका लागि ईलाका प्रहरी कार्यालय सुगौली र वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ लाई समेत जानकारी गराइएको थियो।

Advertisement

तर पीडितका अनुसार वडा अध्यक्ष शम्भु मिश्राले अदालतको आदेशलाई बेवास्ता गर्दै “घर भत्काइदिन्छु” जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिँदै निर्माण कार्य रोक्न खोजिरहेका छन्। अदालतको आदेश हुँदाहुँदै पनि यस्तो हैकमवादी व्यवहार देखाइएको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना सुरु भएको छ।

Advertisement

पीडित रामबाबुले न्यायको खोजीमा कानुन व्यवसायी तथा सरोकारवालाहरूसँग सहयोगको अपिल गरेका छन्। यस विषयमा कानुन क्याम्पससँग आबद्ध व्यक्तिहरूले समेत अदालतको आदेश पालना गराउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै आवश्यक कानुनी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

स्थानीय बासिन्दाहरूले समेत अदालतको आदेशको सम्मान हुनुपर्ने र जनप्रतिनिधिबाटै कानुनको अवहेलना हुनु गम्भीर विषय भएको बताएका छन्।

यता वडा अध्यक्ष मिश्राले आफूविरुद्ध लगाइएका सबै आरोपहरू पूर्ण रूपमा निराधार रहेको दाबी गरेका छन् । उनले आफू सधैं संविधान, न्याय र कानुनको दायराभित्र रहेर काम गर्दै आएको स्पष्ट पार्दै कुनै पक्ष वा विपक्ष नलिई समस्याको निष्पक्ष र कानुनी समाधान खोज्ने क्रममा यस्ता आरोपहरू लगाइने गरेको जिकिर गरे। उनका अनुसार न्यायिक प्रक्रिया र कानुनी मापदण्डको सम्मान गर्दै अघि बढ्दा सत्य आफैं स्पष्ट हुने विश्वास उनले व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *