Categories शिक्षा समाचार

हिसानको राष्ट्रिय महाधिवेशनबाट गुप्ता केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित

Advertisement

वीरगंज । उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ९औँ राष्ट्रिय महाधिवेशनबाट वीरगंजका मुकेश गुप्ता केन्द्रीय सदस्य पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

“हिसानको अभियानः स्वदेशी शिक्षाको सम्बर्धन” भन्ने मूल नारासहित काठमाडौंमा पुस ११ र १२ गते सम्पन्न महाधिवेशनबाट गुप्ता सर्वसम्मत रूपमा केन्द्रीय सदस्यमा चयन भएका हुन ।

Advertisement

शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका गुप्ता निजी शिक्षाको गुणस्तर अभिवृद्धि, स्वदेशमै गुणस्तरीय शिक्षा प्रवर्द्धन, विद्यार्थी–शिक्षकको हकहित संरक्षण तथा शैक्षिक नीतिमा सुधारका विषयमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन् ।

Advertisement

निर्वाचनपछि प्रतिक्रिया दिँदै गुप्ताले हिसानको केन्द्रीय सदस्यको जिम्मेवारीलाई इमान्दारी र सक्रियताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्वदेशी शिक्षाको सम्बर्धन, संस्थागत विद्यालयहरूको मर्यादा कायम राख्ने तथा शिक्षा क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय तहबाट सशक्त भूमिका खेल्ने बताए ।

गुप्ताको निर्बिरोध निर्वाचनप्रति शिक्षाविद्, विद्यालय सञ्चालक, अभिभावक तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *