बारा । जनता समाजवादी पार्टी (जसपा), नेपाल बारा जिल्ला क्षेत्र नं. ३ को बृहत् क्षेत्रीय भेलाबाट तीन जना नेताको नाम सिफारिस गरिएको छ।
सिफारिस हुनेमा पूर्व संघीय सांसद रामबाबु यादव, मधेश प्रदेश समिति उपाध्यक्ष सुशील यादव र रमेश साह रहेका छन्।
कलैया उपमहानगरपालिका वडा नं. ८ खपरताता स्थित फन पार्कमा आयोजित उक्त कार्यक्रममा क्षेत्रीय समन्वय समितिका अध्यक्ष कमलेश मण्डलको अध्यक्षता रहेको थियो।
भेलाले पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा क्षेत्रीय एकतालाई थप मजबुत बनाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।






