Categories स्वास्थ्य

सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्न वीरगञ्जमा नसबन्दी अभियान

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २ स्थित २ नम्बर रोड आसपासका क्षेत्रमा सामुदायिक कुकुरहरूको नसबन्दी कार्यक्रम सम्पन्न भएको छ।

सुमार्ग विन्दुआमा फाउन्डेसन र नेपाल भेटेनरी एसोसिएसन, मधेश प्रदेशको संयुक्त आयोजनामा भएको कार्यक्रममा २० वटा सामुदायिक कुकुरलाई सुरक्षित रूपमा बन्ध्याकरण गरिएको हो।

Advertisement

अनियन्त्रित रूपमा बढ्दो कुकुरको संख्या नियन्त्रण गर्दै मानव–पशु सहअस्तित्व मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा स्थानीय समाजसेवी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि तथा पशु अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

Advertisement

कार्यक्रममा नेपाल भेटेनरी एसोसिएसन, मधेश प्रदेशका पशु चिकित्सक तथा प्राविधिक टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो। आयोजक संस्थाले आगामी दिनमा पनि पशु कल्याणका यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *